२०८३, १० कार्तिक सोमबार
×

म्यान्चेस्टर युनाइटेडद्धारा चेल्सी ४–० ले पराजित

1334 Shares

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार सुरुवात गरेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई ४–० गोलअन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको हो । चेल्सी भने आफ्नो पहिलो खेलमै लज्जास्पद हारको सिकार बन्यो ।

म्यान्चेस्टर युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दुई गोल गर्दा एन्थोनी मार्सियल र ड्यानियल जेम्सले समान १–१ गोल गरे ।

खेलको १८औं मिनेटमा नै राष्फोर्डले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उनकै गोलले म्यान्चेस्टर युनाइटेडले अग्रता लिएको थियो ।

खेलको ६५औं मिनेटमा एन्थोनीले गोल गरेपछि चेल्सीविरुद्ध युनाइटेड दोब्बर अग्रताले अघि रहेको थियो । त्यसको दुई मिनेटपछि नै अर्थात ६७औं मिनेटमा राष्फोर्डले अर्को गोल थप्दै युनाइटेडलाई ३–० गोलको अग्रता दिलाए ।

८१औं मिनेटमा जेम्सले गोल गरेपछि युनाइटेडले चेल्सीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

प्रतिक्रिया