२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

नुवाकोटमा छोरामाथि बावुको छुरा प्रहार

1179 Shares
Spread the love

नुवाकोट – बुवाको छुरा प्रहारबाट छोरा घाइते भएका छन्। विदुर नगरपालिका–२ वट्टारबजारका इद्रिश मियाले आफ्नै कान्छो छोरा समीर खानमाथि घरायसी विवाद हुँदा छुरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।छुट्याउन जाँदा अन्य दुईजना पनि घाइते भएका छन्।

५० वर्षीय इद्रिशलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए। समीर लामो समयदेखि वैदेशिक रोजगारीका क्रममा दुवइमा थिए।उनी केही समयअघि मात्र घर फर्केका थिए।

घरमा बुवासँग इद्रिशले अंश चाहियो भन्दै विवाद गरेपछि पेटमा छुरा हानेर गम्भीर घाइते बनाएको स्थानीयले बताए।३२ वर्षीय छोरा समीरमाथि जिउँदै आगो लगाउने उद्देश्यले इद्रिशले पेट्रोलसमेत छर्किएका थिए।

बावु–छोराको झगडा छुट्टाउन गएका समीरका दाजु सफी खान र उनकी दीदीसमेत घाइते भएका छन्।गत वर्ष मात्र इद्रिशकी पत्नीको मृत्यु भएको थियो। उनले केही साताअघि मात्र दोस्रो विवाह गरेका थिए।विवाहका कारण उनका छोरा सफी र सन्नी बुवा इद्रिशसँग असन्तुष्ट थिए।

बुवाले दोस्रो विवाह गरेपछि समीरले घरपसलको अधिकार बुवालाई नदिने भन्दै आएका थिए। सोही विषय लिएर विवाद हुँदा इद्रिशले घरमै कान्छा छोरा सन्नीमाथि छुरा प्रहार गरेका थिए। प्रहरीले इद्रिशलाई तत्काल पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ।छुरा प्रहारबाट घाइते सन्नीलाई घटनालगत्तै हेलिकप्टरमार्फत काठमाडौ लगिएको छ।

आफ्नै छोरामाथि छुरा प्रहार गर्ने इद्रिश लामो समय मानव अपहरण मुद्धामा नुवाकोट जिल्ला कारागारमा जेल सजाय भुक्तान गरेका थिए।

प्रतिक्रिया