२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सिमलटारस्थित लाखेपोखरी लोकतान्त्रिक पार्कको उत्घाटन

सासद कृष्ण राईले स्थानीयवासीको प्रयास र पहलमा निर्माण भएको यस पार्कलाई स्थानीयवासीहरुको सकृयतामा संरक्षण हुनु पर्ने
2383 Shares
Spread the love

साउन १९, काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्तिको हडप्ने तथा ओगट्ने जो सुकैलाई पनि कारवाही हुने बताएका छन् ।

शनिवार काठमाडौ महानगरपालिका बौद्ध सिमलटारस्थित लाखेपोखरी लोकतान्त्रिक पार्कको शुभारम्भ गदै मन्त्रीले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने स्थानीयवासी तथा पार्क निर्माण समितिले पार्कलाई ब्यवस्थित रुपमा अधि बढाउन सक्नु पर्ने बताउदै सार्वजनिक सम्पत्तिको रक्षा गर्न सवै पक्षको जिम्मेवारी रहेको बताए । लाखेपोखरीको नाममा परिचित त्यस क्षेत्रका सार्वजनिक जग्गा केही समूह तथा ब्यक्तिले कब्जा गरी हडप्ने प्रयास गरेको अवस्थामा सो क्षेत्रका स्थानीयवासी तथा युवाहरुको पहलमा करीव १५ रोपनी भन्दा बढी क्षेत्रफलमा रहेको जग्गा हाल लोखेपोखरी पार्कका रुपान्त्ररण भएको छ । सो पार्कलाई बालक देखि बृद्ध सम्म सवैको लागि उपयोगी बनाउने लाखेपोखरी पार्क निर्माण समितिले तयारी गरेको छ ।

कार्यक्रममा प्रतिनिधि सभाका सासद कृष्ण राईले स्थानीयवासीको प्रयास र पहलमा निर्माण भएको यस पार्कलाई स्थानीयवासीहरुको सकृयतामा संरक्षण हुनु पर्ने बताए । उनले पार्कको भौतिक संरचनाको लागि सरकारले सहयोग गर्नु पर्ने बताए । प्रदेश सभाका सांसद रामेश्वर फुंयाँलले पार्क निर्माणको लागि स्थानीयवासीले निर्वाह गरेको भूमिकाको प्रशंसा गदै स्थानीय तहमा निर्माण भएको पार्कको विकासलाई सवैको सहयोग आवश्यक भएको बताए । लाखेपोखरी लोकतान्त्रिक पार्कका  अध्यक्ष ज्योति लामाले पार्क निर्माण का निमित्त सहयोगी हातहरुलाई बिशेष धन्यवाद दिए।  उनले पार्क व्यवस्थापनका लागि आफु गम्भीर भएको समेत बताए।

प्रतिक्रिया