1231
Shares
काठमाडौं– नेपाली सेनाले विभिन्न पदमा गरी ५ हजार ४ सय कर्मचारी माग गरेको छ ।
सेनाले सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर तथा विभिन्न ड्रेडका फलोवर्स पदहरुका लागि ५ हजार ४ सय कर्मचारी माग गरेको हो ।
सेनाले आह्वान गरेको पदमा भदौ १६ गतेसम्म दरखास्त आह्वान गरिने छ । साथै १६ गतेपछि थप ७ दिनसम्म दोब्बर दस्तुर बुझाएर दरखास्त आह्वान गर्न सकिने सेनाको भर्ना छनौट निर्देशनालयले जनाएको छ ।