२०८३, १० कार्तिक सोमबार
×

इरानका विदेश मन्त्री जारिफमाथि अमेरिकाले लगायो प्रतिबन्ध

2250 Shares

एजेन्सी – अमेरिकाले इरानका विदेशमन्त्री मोहम्मद जावेद जारिफमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकाको डिपार्टमेन्ट अफ द ट्रेजरीले जाफरीमाथि प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध अनुसार अमेरिकामा रहेको या अमेरिकी संस्थाको नियन्त्रणमा रहेको जाफरीको सबै सम्पत्ति फ्रिज हुनेछ ।

जाफरीले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीका गलत एजेण्डाहरु लागु गरेकाले उनीमाथि प्रतिबन्ध लगइएको अमेरिकाका ट्रेजरी (राज्य कोष) मन्त्री स्टिभन मनुचनले बताएका छन्।

अमेरिकाले प्रतिबन्ध लगाउनुको कारण आफ्ना एजेण्ड उसका (अमेरिका) लागि खतरा ठान्नु रहेको इरानका विदेश मन्त्री जाफरीले ट्वीटमा उल्लेख गरेका छन् ।

उनले प्रतिबन्धका लागि अमेरिकालाई धन्यबाद दिएका छन् । आफ्ना एजेण्डा उसले खतरा ठान्नु आफूहरुको सफलता रहेको उनले उल्लेख गरेका छन् ।

इरान र अमेरिकाबिच पछिल्लो समय तनाव तीव्र भएको छ । गएको वर्ष अमेरिका सन् २०१५ मा भएको परमाणु सम्झौताबाट बाहिरिएसँगै तनाव बढेको हो । तर पछिल्लो केही हप्तादेखि त्यसले उत्कर्षको रुप लिएको छ ।

प्रतिक्रिया