
लण्डन। गैर आबसिय नेपाली संघ बेलायतको स्कटलण्डमा राज्य समन्वय परिषदको अन्तरक्रिया र ऐतिहासिक प्रथम रास्ट्रिय भेला हुदै गरेको जानकारी उपाध्यक्ष एबम संयोजक गैर आवासीय नेपाली संघ युके राज्य समन्वय बिभाग ललित कुमार न्यौपानेले जानकारी दिनुभएको छ ।
अनुरोध पत्र:
हार्दिक आमन्त्रण !
गैर आवासीय नेपाली संघ बेलायतको स्कटलैन्ड राज्य समन्वय परिषदको अन्तरक्रिया र ऐतिहासिक प्रथम रास्ट्रिय भेला निम्न मिति र स्थानमा हुने भएकोले सम्पूर्ण स्कटलैन्ड बासी दाजुभाई दिदि बहिनि हरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ !
उक्त भेलामा आई सी सी अध्यक्ष भवन भट्ट ,उपाध्यक्ष कुल आचार्य,एन सी सी अध्यक्ष योग कुमार फगामी लगायत करिब २० जना भन्दा बढी अतिथिको रुपमा सहभागी गराउने प्रयाश गरिएको छ !त्यसै गरि गैर आबसिय नेपाली संघ बेलायतको यस अघि गठन भएको वेल्स राज्य समन्वय परिषद का अध्यक्ष राम चन्द्र पोखरेल ,नोर्दन आयरलेन्ड अध्यक्ष लीलाराम निउरे , गैर आबसिय नेपाली संघ आयरलेन्डका अध्यक्ष नवराज कोइराला पूर्व अध्यक्ष एबम पर्यटन दुत गणेश प्रसाई समेत उपस्थिति रहनेछ !कार्यक्रममा बेलायत स्थित बिभिन्न मेडियाका पत्रकार ज्युहरुको समेत उपस्थिति रहने छ !
कार्यक्रमको तयारीको लागि गैर आवासीय नेपाली संघ बेलायतको सल्लाहकार तथा स्कटलैन्ड भेला प्रतिनिधि तोकिएका भोला खनाल लगायत स्कटलैन्ड स्थित सबै नेपाली समाजका पदाधिकारी तथा सदस्य ज्यु हरु संग सरसल्लाह गरि कार्यक्रमको पूर्ण तयारी भै रहेको छ !
गैर आवासीय नेपाली संघ युके को बिधान अनुरुप सदस्यता लिएर स्कटलैन्ड राज्य समन्वय परिषदको कुनै पनि पदमा नियमानुसार इच्छा जाहेर गर्न सकिने छ ,आवस्यकता भन्दा बढी उम्मेदवारी पर्न आए सदस्यहरु बीच बाट निर्वाचन गराई स्कटलैन्ड राज्य समन्वय परिषदको गठन गरिने छ ! गैर आवासीयनेपाली संघको बारेमा कुनै जिज्ञासा द्वीबिधा भए ग्लास्गोमा हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुन् र गैर आवासीय नेपाली संघको सदस्यता लिई स्कटलैन्ड राज्य समन्वय परिषदको भेलामा सहभागी हुन् सम्पूर्ण स्कटलैन्ड बासी दाजुभाई दिदि बहिनिहरु लाइ हार्दिक आव्हान गर्दछु !
१,अन्तरक्रिया :मिति :२२ /०७ /२०१८
स्थान :1 PRIORY AVENNUE PAISLEY GLASGOW .PA34NS
समय :बिहान १0 बजे
२,राष्ट्रिय भेला :२३/०७/२०१८
स्थान :नमस्ते शिमला प्यालेस सेन्ट्रल पार्क
COWDENBEATH. KY49QQ
समय :२ बजे
भवदीय
ललित कुमार न्यौपाने
उपाध्यक्ष एबम संयोजक
गैर आवासीयनेपाली संघ युके
राज्य समन्वय बिभाग