२०८३, ११ जेष्ठ सोमबार
×

ट्रेन्डिङ

छोरी जन्माएकै कारण श्रीमानले गरे घर निकाला, २ बर्षदेखि न्याय नपाएकी यी महिला (भिडियो)

2267 Shares
Spread the love

इटहरी । छोरी जन्मिएको भन्दै सुनसरी दुहबीकी एक महिला दुई बर्षदेखि घरेलु हिसाबाट पिडित भएकी छिन्।

दुहवी नगरपालिका ६ कि राधा साह छोरी जन्मिएको कारण श्रीमान र घरपरिवारबाट अपहेलित हुदै अहिले माईतमा बस्न बाध्य भएकी हुन्।

साहले २० वर्षको उमेरमा २०७२ मा रामधुनी ३ प्रिपाहका २४ वर्षीय गोपाल साह संग विवाह गरेकी थिइन्। विवाह पछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पिडित साहले इटहरी स्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि गुनासो गरिन्।

मेरा श्रीमानले उर्लाबारीकी सावित्रा मगरलाई भगाएर घरमा ल्याए’ गहभरी आाशु पार्दै उनले भनिन्, ‘मलाई घरबाट निकालेर भगाएर विहे गरे, अहिले फोन गर्दा गाली गर्ने मार्ने धम्की दिन्छन्। साहको श्रीमानकै घरमा बस्न पाउनुपर्ने माग छ।

प्रतिक्रिया