२०८२, ६ माघ सोमबार
×

ट्रेन्डिङ

पहिरोमा परी एकै घरमा ३ सहित ४ को मृत्यु

2351 Shares
Spread the love

पोखरा । पहिरोमा परी एकै घरमा ३ सहित ४ को मृत्यु भएको छ।

अविरल वर्षाको कारण पहिरोमा परी गण्डकी प्रदेशअन्तर्गत गोरखामा ३ र पर्वत जिल्लामा १ गरी चार जनाको मृत्यु भएको छ।

गोरखाको शहीद लखन गाउँपालिका ६ घैरुङ अँधेरीस्थित नवराज कुँवरको चार कोठे घरमा माथिबाट आएको पहिरो घरभित्र पस्दा कोठामा सुतेका तीन जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही ठाउँ बस्ने २० वर्षीया सरु कुँवर, मृतकको आठ महिने छोरो युनिक र बलबहादुर कुँवरको छोरी ११ वर्षीया प्रवीना रहेका छन्। त्यसैगरी, अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका ८ लस्ती बेरनेटामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।

माथिबाट पहिरो आएर स्थानीयवासी बमबहादुर परियारको घर पुरिँदा १६ वर्षीय विकास परियारको मृत्यु भएको हो।

प्रतिक्रिया