२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

जोरपाटी सुन्दरीजल सडक तत्कालै मर्मत

रणनीतिक सडकको निर्माण मापदण्ड भएको जोरपाटी सुन्दरीजल सडक सोहि अनुसार बन्नु पर्ने
1926 Shares
Spread the love

नेकपा केन्द्रिय सदस्य एबं संघीय सांसद कृष्ण राईले जोरपाटी सुन्दरीजल सडक निर्माण र तत्कालका लागि मर्मत गर्न काठमाडौँ सडक विस्तार आयोजन प्रमुख अर्जुन अर्याल , प्रदेश सभा सदस्य रामेश्वर फुयाल ,गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे बिच छलफल चलाएका छन्। २०४५ साल मै रणनीतिक सडकको निर्माण मापदण्ड भएको जोरपाटी सुन्दरीजल सडक सोहि अनुसार बन्नु पर्नेमा सबैको जोड थियो। गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले भोली नै सूचना गरि गर्दै सडक विस्तारमा लाग्ने बताए।

काठमाडौँ सडक विस्तार आयोजन प्रमुख अर्जुन अर्यालको अध्यक्षतामा बसेको बैठकले गोकर्नेश्वर नगरपालिका कार्यालयले जोरपाटी – सुन्दरीजल सडक किनारामा रहेको सार्वजनिक, प्रती जग्गा सुचना जारी गराई खाली गर्ने र सडक विस्तार आयोजनाले साईड ड्रेन सफा गर्दै आवश्कता अनुरुप सडक मर्मत गर्ने भएको छ।

बैठकमा गोकर्णेश्वर नगरपालिका वडा अध्यक्ष नारायण सुबेदी, मनोज ढुंगाना, रमेश अर्याल, जिसस सदस्य उद्धव भण्डारी,निर्माण व्यवसायी, राजनीति प्रतिनिधि , स्थानीय प्रतिनिधि उपस्थित रहेको थियो।

निर्णय यस्तो छ हेर्नुस 

प्रतिक्रिया