२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

विप्लवका उपत्यका इन्चार्ज लामा पक्राउ

4537 Shares
Spread the love

काठमाडौं – नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।

गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । त्यसैगरी जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको बम विस्फोटको योजनाकार पनि लामा नै रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो ।

माओवादी जनयुद्धको सुरुवातदेखि नै पार्टीमा सक्रिय लामा सो समय बम बनाउने क्रममा विस्फोट भई घाइते भएका थिए ।

उनी २०६४ को संविधान सभा निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ बाट उम्मेदवार भई झिनो मतले पराजित भएका थिए । लामो समय माओवादीको सांस्कृतिक विभागमा रहेर काम गरेका लामा गीतकार तथा संगीतकार समेत हुन् ।

प्रतिक्रिया