२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेकपामा हनुमान प्रवृत्ति मौलायो: मुख्यमन्त्री गुरुङ

1338 Shares
Spread the love

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री एव्म नेकपा गण्डकीका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले नेकपाविरुद्ध पार्टीकै नेता कार्यकर्ता उत्रिएको आरोप लगाएका छन्। नेकपाका सांसद तिलक महतकी माता नन्दकलीको छैटौँ पुण्य तिथीको श्रद्धाञ्जली सभालाई सम्बोधननका क्रममा सो कुरा बताएका हुन्।

‘महाभारतमा रावणले आफ्नै परिवारभित्र शत्रु भएर युद्ध हारेको हो, राम बलियो भएर होइन’ उनले भने, ‘यस्तो प्रवृत्ति हामीमा देखिएको छ। हामी कांग्रेसलाई गुहारिरहेका छौँ। यस्तो प्रवृत्तिविरुद्ध डटेर लाग्‍नुस, अन्यथा हामी पार्टीलाई जोगाउन सक्दैनौं।’

जनता मतलाई कदर गरेर अगाडि बढ्नुका साटो पार्टीकै साथीहरु कांग्रेसलाई गुहार्दै पार्टीविरुद्ध लागिरहेका उनले बताए। नेकपामा हनुमान प्रवृत्ति मौलाएको बताउँदै त्यसतर्फ सचेत हुन सबैलाई आग्रह गरे। ‘नेताहरुमा सकरात्मक आलोचनासमेत सहन नसक्ने र आफ्नो आलोचना गर्नेवित्तिकै विरोधी खेमाको देख्‍ने व्यवहारले पार्टीलाई जीवन्त बनाउन सक्दैन,’ उनले भने।

पार्टी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला, योजनामन्त्री किरण गुरुङ, स्थायी समिति सदस्य सोमनाथ प्यासी, गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे लगायत नेताहरू उपस्थित श्रद्धाञ्जली सभामा मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्।

प्रतिक्रिया