२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

समयमै कार्यालयमा आउन कर्मचारीलाई मन्त्रीको निर्देशन

1853 Shares
Spread the love

काठमाडौं – प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश शिक्षा निर्देशनालयको बिहीबार अनुगमन तथा निरीक्षण गरेका छन्।

मन्त्री बिहान १०ः४० बजे प्रदेश शिक्षा निर्देशनालयमा पुग्दा दुई जना कार्यालय सहयोगी मात्र भेटिएको उनले जानकारी दिए।

मन्त्री दुलालका अनुसार १०ः४० बजेसम्म कार्यालय सहयोगीबाहेक प्रमुख, उपप्रमुखलगायत कोही पनि कर्मचारी कार्यालयमा आइपुगेका थिएनन्।

अनुगमनका क्रममा अनुपस्थित रहेका नौ जना कर्मचारीको हाजिरी रजिस्टरमा उनले रेजा लगाएका थिए। मन्त्री दुलालले कर्मचारीलाई समयमा र नियमितरुपमा कार्यालयमा आउनका लागि निर्देशनसमेत दिएको बताए।

प्रतिक्रिया