२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

लोक सेवाको विज्ञापन खारेजीको माग गर्दै राजधानीमा प्रर्दशन,मन्त्री पण्डितको राजीनामा माग

1197 Shares
Spread the love

काठमाडौं – संघीयताको मर्म विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको मागसहित राजधानीमा प्रदर्शन गरिएको छ ।

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशित गरिएको लोक सेवा आयोगको विज्ञापनविरुद्ध आदिवासी जनजाति, मधेसी, दलित, महिला, अपांगता भएका व्यक्ति र पिछाडिएका क्षेत्र तथा विभिन्न राजनीतिक दलले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

उनीहरुले पहिचानसहितको संघीयता र पूर्ण समानुपातिक समावेशिता लागू गरिनु पर्ने माग राख्दै बाजागाजासहित प्रदर्शन गरे । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र आयोगका अध्यक्ष उमेश मैनालीको राजीनामासमेत माग गरेका छन् । उनीहरुले सरकार आरक्षण विरोधी भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया