२०८१, ६ बैशाख बिहीबार
×

ट्रेन्डिङ

अनशनरत डा. केसीलाई भेटपछि भट्टराईले भने– उनको खस्कँदो स्वास्थ्यस्थितिले चिन्ता बढायो

1514 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । जुम्लामा १९ दिनदेखि आमरण अनशन बसिरहेका केसीलाई डा भट्टराईले भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।

जुम्ला पुगेर डा. केसीलाई भेटेपछि सामाजिक सञ्जाल फेसबुकमा फोटोसहित डा. भट्टराईले केसीको स्वास्थ्यस्थिति खस्किएको भन्दै चिन्ता जनाएका छन् । उनको खस्कँदो स्वास्थ्यस्थितिले चिन्ता बढाएको भन्दै डा भट्टराईले सरकारको सानो स्वार्थले करोडौँ नेपालीको हितमा हुने माथेमा प्रतिवेदनअनुसार काम नभएको बताए ।

स्वास्थ्य क्षेत्रको सुधार गर्दै डा. केसीको जीवन रक्षा गर्न आग्रह गरेका भट्टराईले फेसबुकमा लेखेका छन्, ‘‘डा. गोविन्द केसीको खस्कदो स्वास्थ्य स्थितिले चिन्ता बढाएको छ । सत्ता पक्षले आफ्नो सानो स्वार्थ समुहको स्वार्थको साटो करोडौँ नेपालीको हितमा हुने माथेमा प्रतिवेदन अनुसार कार्य गर्नु नै न्यायोचित हुन्छ । डा. केसीको जीवन जोगाऔं, स्वास्थ्य क्षेत्र सुधारको दिगो समाधान खोजौँ ।’

https://twitter.com/brb1954/status/1019412272685428736

 

प्रतिक्रिया