२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

किन लगाउँछन् महिलाले श्रावण महिनामा हरियो चुरा र मेहेन्दी ? (भिडियोसहित)

2157 Shares

हिजोबाट साउन महिना सुरु भएको छ । साउन अर्थात हरियो महिना । राजधानीका गल्लि गल्लि र बाटो बाटोहरुमा जताततै हरियो देख्न सकिन्छ । हरियो र रातो सारी कुर्तामा महिलाहरु सजिएका छन् ।

धार्मिक दृष्टिले पनि श्रावण महिना आफैमा पवित्र महिना मानिन्छ। यो महिनामा भगवान शिवको पुजा गर्ने गरिन्छ । त्यसमा पनि श्रावणको सोमबारको छुट्टै महत्व छ। सदियौ देखिनै नेपाली महिलाहरुले श्रावण महिनाको सोमबारलाई विषेश रुपमा ग्रहण गर्दै हरियो साडी चुरा र मेहेन्दी लगाएर श्रावणे सोमबार मनाउने प्रचलन आफैमा मनमोहक रहेको छ ।

श्रावणको यो महिनामा एउटा अर्को कुराको पनि महत्व छ । त्यो हो मेहेन्दी । शायद कमै दिदीबहिनीको हातमा मेहेन्दी देखिदैन् । हरियो चुरा पनि त्यतिबै लगाएका हुन्छन् ।  यो महिनामा हरियो चुरा र मेहेन्दी लगायो भने आफ्नो श्रीमानको आयू बढ्ने विश्वास गरिन्छ । विवाहको उमेर पुगेकाहरु भने असल जीवन साथिको कामना गर्दै हातभरि हरियो चुरा र मेहेन्दी लगाउछन् ।

साउनमा मेहेन्दी किन लगाइन्छ रु आज यस भिडियोमा यस विषयमा कुराकानी गर्न मुम्बइ मेहेन्दी ट्रेनिङ सेन्टरका डाइरेक्टर कुलदिप कुमार छन् ।

प्रतिक्रिया