२०८३, ४ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षा नेपालीले गर्ने

1591 Shares
Spread the love

काठमाडौं– कतारले सन् २०२२ मा आफ्नो देशमा हुन गैरहेको विश्वकप फुटबल प्रतियोगिताको सुरक्षार्थ ठूलो संख्यामा नेपालीहरुलाई लैजाने प्रस्ताव गरेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले गृहमन्त्री रामबहादुर थापा बादलसँगको शिष्टाचार भेटवार्ताका क्रममा सो प्रस्ताव राखेका हुन् । त्यसका लागि छुट्टै सम्झौता गर्न समेत  कतार तयार रहेको राजदूत मोहम्मदले गृहमन्त्री थापालाई अवगत गराएका थिए ।

जवाफमा गृहमन्त्री थापाले कतारको प्रस्तावप्रति नेपाल सकारात्मक रहेको बताएका छन् । भेटवार्तामा गृहमन्त्री थापाले कतारमा कार्यरत नेपालीहरुको सेवा, सुविधा तथा सुरक्षाको विषय उठाउँदै सुरक्षा र अन्य क्षेमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका थिए ।

राजदूत मोहम्मदले नेपाल र कतारबीचको कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका छन् ।  कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन् ।

यसैबीच मंगलबारै नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदूत रिचार्ड मोरिसले पनि गृहमन्त्री शिष्टाचार भेटवार्ता गरेका छन् ।  गृहमन्त्रालयमा भएको भेटमा नेपाल–बेलायत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया