2395
Shares

काठमाडौं। सामाजिक संजालमा अहिले एउटा भिडियो निकै भाइरल भइरहेको छ । भिडियोमा एउटा गाडी पानीको बहावमा बाढीमा बगिरहेको छ । गाडीमा ४ जनाको परिवार छन् । उनीहरुले ज्यान जोगाउन गाडीबाट बाहिर निस्केर गाडीको छतमा शरण लिएका छन् ।
यो घटनालाई कसैले आफ्नो मोवाइलमा रेकर्ड गरेर सामाजिक संजालमा अपलोड गरेका थिए । यो भिडियो अहिले निकै छिटो भाइरल भइरहेको छ । यो भिडियो नवी मुम्बइको भएको बताइएको छ । गाडिमा बसेको परिवारलाई स्थानीयले डोरीको मद्दतले बचाएका छन् । नदीमा ३७ वर्षका अशरफ, उनकी पत्नी हमीदा र उनीहरुका दुई छोराछोरी फसेका थिए । उनहिरुको कार घोटगाँवको पुलमा पुगेपछि नदीले गाडी बगाएको थियो ।
https://youtu.be/uyge68Ug6ZI