
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा धरान उपमहनगरपलिकाका मेयर तारा सुब्बाको निधन भएको छ । उपचारको क्रममा सुब्बाको ग्राण्डी अस्पतालमा निधन भएको हो । उनि दुईसाताबाट उपचाररत थिए । उपचारकै क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा उनको मंगलबार दिउँसो निधन भएको हो ।
मेयर सुब्बालाई छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपणसमेत गरिएको हुनाले सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।स्थानीय चुनावमा उहाँले कांग्रेसका उम्मेदवार तिलक राईलाई ४ हजार भन्दा बढी मतले हराएक थिए ।
२०४० सालमै अनेरास्ववियू नगर कमिटी सदस्य बनेका सुब्बा २०४७ सालपछि भने युवा संघको राजनीतिमा प्रवेश गर्नुभएको थियो । त्यसबेला युवा संघलाई प्रजातान्त्रिक राष्ट्रिय युवा संघका नामले चिनिन्थे । सुब्बा संघको नगर कमिटीपछि जिल्ला कमिटी संयोजक हुदै २ पटक जिल्ला अध्यक्ष, २ पटक केन्द्रीय सदस्य पनि बनेका थिए ।
सुब्बाका श्रीमती र एक छोरा रहेका छन् ।