1073
Shares
अछाम । रामारोशन गाउँपालिकाका अध्यक्ष झञ्करबहादुर साउद ठगी आरोपमा काठमाडौंबाट प्रहरीको नियन्त्रण छन् ।
युवालाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंस्थित काँडाघारी प्रहरीले उनलाई कार्यालयमा झिकाएर वयान लिएको छ ।
तीन वर्षअघि साउदले ४ जना युवाबाट ४ लाख रुपैयाँ ठगेको आरोपमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको थियो । काँडाघारी प्रहरीले अध्यक्ष साउदलाई कार्यालयमा हाजिर गराएर वयान लिएको छ ।
साउद तत्कालीन नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यसमेत थिए ।
काँडाघारी प्रहरीले अध्यक्ष साउदलाई सामान्य सोधपुछ गरेर छाडेको स्रोतले बतायो ।