२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

नेल लगाएर रेशम चौधरीको उपचार वीर अस्पतालमा

1032 Shares
Spread the love

काठमाडौं : निलम्बित सांसद रेशम चौधरीको स्वास्थ्यस्थिति सुधारोन्मूख रहेको वीर अस्पतालले जनाएको छ। ढाडको नसामा समस्या देखिएपछि चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना भएको अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिए।

रेशम बस्न र उठ्न सक्ने अवस्थामा नरहेको निर्देशक सेन्चुरीले बताए। सुरक्षाकर्मीले रेशमलाई अस्पतालको शैयामै नेलले बाँधेका छन्। सुरक्षाका कारणले उनको खुट्टामा नेल लगाइएको हो।

गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बनमा परेका थिए। कैलाली जिल्ला अदालतको फैसलापछि उनी डिल्लीबजार कारागारमा आफ्नो जेल जीवन बिताउँदै आएका थिए।

उनी कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्। चौधरीले भूमिगत रहकै अवस्थामा राष्ट्रिय जनताका पार्टीको तर्फबाट सांसदको उम्मेदवारी दिएर विजयी प्राप्त गरेका थिए। चौधरीलाई नेल लगाएर वीर अस्पतालको बेडमा लडेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अन्‍नपूर्ण बाट

प्रतिक्रिया