२०८१, २२ भाद्र शनिबार
×

ट्रेन्डिङ

उपविजेता बनेर घर फर्केकाे क्राेएसिया टिमकाे यसरी गरियाे भव्य स्वागत (तस्वीरमा)

2836 Shares

काठमाडाैं । विश्वकप फुटबल २०१८ काे उपविजेता क्राेएसिया टिमलार्इ स्वदेश फर्कने क्रममा भव्य स्वागत गरिएकाे छ । राजधानी शहर जाग्रिबमा लाखौं लाख जनता सडकमा उत्रिएर टिमकाे भव्य स्वागत गरेका हुन् । उनीहरूले टिमका सबै सदस्यलार्इ सम्मानस्वरूप नगर परिक्रममा गराएका थिए ।

जम्मा ४५ लाख मात्र जनसंख्या रहेको देश क्राेएसियामा करिब तीन लाख जनता फुटबल टिमकाे स्वागत गर्न सडकमा उत्रिएकाे समाचार एजेन्सीहरूले जनाएका छन् ।

राष्ट्रिय झन्डा बोकेर सडकमा उत्रिएका जनताहरूले ‘च्याम्पियन, च्याम्पियन’को नारा लगाएका थिए । सबैजसाे जनता टिमकाे जर्सी नै लगाएर अाएका थिए ।

Image result for Croatia team welcome in croatia

आइतबार राति भएको फाइनल खेलमा क्रोएशिया फ्रान्स सँग ४–२ गाेलले पराजित भर्इ उपविजेता बनेकाे हाे। फाइनल उपाधि जित्ने लक्ष्य रहे पनि त्याे हात पार्न नसक्दा टिम दुःखी थियाे तर पनि क्राेसियालाी राष्ट्रपति, सरकार लगायत अाम जनताले उपविजेता बनेकाे क्षणलार्इ समेत उत्सवकै रूपमा मनाएका छन् ।

Related image

क्राेएसिया ५ पटक विश्वकमा सहभागी भए पनि पहिलाेपटक फाइनल पुगेकाे थियाे । टिमका कप्तान लुका मोडरिचले प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडी बन्दै गोल्डन बल अवार्ड हात पारे।

यसअघि सन् १९९८ मा भएकाे विश्वकपको सेमिफाइनलमा पनि क्राेसिया फ्रान्ससँग नै पराजित भएको र तेस्राे स्थान हात पारेकाे थियाे ।

Croatia team given heroes’ welcome on return to Zagreb after historic World Cup run (VIDEO)  

(तस्वीर : एजेन्सी

प्रतिक्रिया