२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

विप्लवले गर्‍यो आज शिक्षणमा संस्था बन्द आह्वान (विज्ञप्तिसहित)

2025 Shares
Spread the love

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीले आफ्ना नेता पक्राउको विरोधमा शुक्रबार शैक्षिक हड्तालको आह्वान गरेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले विज्ञप्तिमार्फत आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तारी विरुद्ध असार ६ गते आम शैक्षिक हड्ताल सहितको चरणवद्ध संघर्षका कार्यक्रमहरू घोषणा गरेका छन् ।

चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत जेठ ३० र ३१ गते देशव्यापी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा विरोध कार्यक्रम, अन्तर्क्रिया, विरोध व्यानर, पर्चा वितरण, भण्डाफोर, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन र कोणसभा, असार १, २ र ३ गते जुलुस प्रदर्शन, असार ४ गते देशव्यापी क्याम्पस अगाडि १ घण्टा चक्काजाम (९ बजेदेखि १० बजेसम्म) गरिसकेको छ ।

क्रान्तिकारीले असार ६ गते गैरन्यायीक गिरफ्तारी गरिएका स्थान उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल र असार ७ गतेपछि दोस्रो चरणका संघर्षका कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया