
मुम्बइ। बलिउड फिल्ममा आमाको रोलका लागि चर्चित अभिनेत्री रिता भादुडीको निधान भएको छ । उनको निधनको खबरले बलिउड शोकमग्न छ । रिता बलिउडको लागि निकै चर्चित नाम हो । रिताको निधनको जानकारी सिनियर अभिनेता शिशिर शर्माले ट्वीटरमार्फत दिएका हुन् ।
शिशिरले ट्वीटरमा लेखेका छन् ‘निकै दुःखका साथ म यो सूचित गर्दैछु कि अब रिता भादुडी हाम्रो माझामा रहनुभएन । उहाँको अन्तिम संस्कार आज अर्थात १७ जुलाइ दिउँसो १२ बजे मुम्बइमा हुनेछ । हामी सबैको लागि उहाँ आमाजस्तै हुनुहुन्थ्यो । हामी सबै उहाँलाई सम्झिरहनेछौं ।’ रिता विगत केही समयदेखि बिरामी थिइन् । उनको मृगौलामा समस्या थियो र उनी नियमित डायलासिसको लागि जानु पथ्र्यो ।
रिता पछिल्लो समय ‘निमकी मुखिया’ सिरियलमा इमरती देवीको भूमिकामा देखिइरहेकी थिइन् । खाली समयमा उनी सुटिङ सेटमै आराम गर्थिन् । चर्चित टिभी सिरियल साराभाइ भर्सेज साराभाइ, अमानत, एक नइ पहचान र बाइबलकी कहानियाँमा काम गरिसकेकी रिताले ७१ फिल्ममा काम गरेकी छिन् । बलिउड फिल्ममा धेरैजसो उनलाई आमाको भूमिकामा देखिन्थ्यो ।