२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

५ मन्त्रीको पद धरापमा

1444 Shares
Spread the love

काठमाडौँ ,  सरकारमा रहेका ५ मन्त्री हट्ने लगभग लगभग निश्चित भएको छ ।

नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार पुनर्गठनका सम्बन्धमा सहमति भइसकेको छ मन्त्रीहरूको कार्य सम्पादन र मुल्यांकनका आधारमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्ड ले सरकारमा रहेका मन्त्री हेरफेरको तयारी गरेका हुन् । यस विषयमा परामर्श भएको र केही दिनमा नै सरकार पुनर्गठन हुने अध्यक्ष प्रचण्डले समेत आज एक कार्यक्रममा खुलाएका छन् ।

मन्त्रीको उचित कार्य सम्पादन नभएका कारण सरकारको आलोचना बढेको ठहर गरेका दुई अध्यक्षले विवाद निम्त्याउने मन्त्रीलाई हटाउने तयारी गरेको बालुवाटार स्रोतले बतायो ।

१ गृहमन्त्रीबाट बादल
निर्मला पन्त हत्या अनुसन्धानमा असफल, विप्लव नेकपाको गतिविधि नियन्त्रणमा असफल तथा राजधानीमै उसको विस्फोटक प्रभाव नियन्त्रणमा ध्यान नदिएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादललाई हटाउने तयारी भएको बताइएको छ । उनको ठाउँमा त्यति विवादमा नआएका तर उर्जा मन्त्रालय सम्हालिरहेका बर्षमान पुनलाई ल्याउने बताइएको छ । सरकार गठनका बेला पुनले गृह मन्त्रालय नै रोजेका थिए । तर, बादलको दाबीका कारण उक्त पदमा पुन पुगेनन् । गृहमन्त्री प्रचण्डको सिफारिसका आधारमा हुने भएकाले केही समयदेखि राजनीतिक रूपमा पनि प्रचण्डसँग टाढिएर ओलीको पक्षमा देखिएका कारण गृहमन्त्रीबाट बादल हट्न सक्ने स्रोतको दावी छ ।

२ अर्थमन्त्री युवराज खतिवडा
अर्थमन्त्री युवराज खतिवडा प्रधानमन्त्री ओलीका विश्वास पात्र भए पनि उनलाई स्थानान्तरण गर्ने तयारी भएको छ । अर्थ मन्त्रालयमा भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई लग्न सकिने उच्च स्रोतले जनायो ।

३ यातायात मन्त्री रघुवीर महासेठ
सरकारलाई अप्ठेरोमा पार्न खोज्ने यातायात मन्त्री रघुवीर महासेठलाई मन्त्री पदबाटै हटाउने तयारी गरेका छन् । उनी विभिन्न सिन्डिकेट तोड्ने नामको विवादमा मुछिएका थिए । उनले अपेक्षाअनुसार काम नगरेको मुल्यांकन प्रधानमन्त्रीले गरेका छन् ।

४ उद्योग मन्त्री मात्रीका यादव
कार्यालयमा लफडा गरिरहने उद्योग मन्त्री मात्रीका यादवलाई पनि हटाउने सन्दर्भमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग परामर्श गरेको स्रोतको दाबी छ । उनको ठाउमा अहिले कसलाई ल्याउने भन्ने बारेमा भने केही तयारी नभएको स्रोतले बतायो । तर यस विषयमा भने छलफल चलिरहेको छ ।

५ खानेपानी मन्त्री बिना मगर
मेलम्ची प्रकरणमा सरकार गठन भएका बेलादेखि नै विवादमा आएको, खानेपानी मन्त्रालयमा कर्मचारी सरुवा, सचिव हेरफेर र काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायतका प्रकरणमा मुछिएकी मन्त्री बिना मगरलाई हटाउने तयारी भएको छ ।
आफ्नो बुहारी भएकै कारण मन्त्री पद पाएको भनेर विवाद खेपिरहेका अध्यक्ष प्रचण्डले मन्त्री बिना मगरलाई हटाउने तयारी गरेको स्रोतले बतायो ।

प्रतिक्रिया