२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रधानमन्त्री ओलीले भने– “राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं”

1036 Shares
Spread the love

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् । ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणमा एक भएर जुट्न सबैलाई आग्रह गरेका हुन् ।

ओलीले बुधवार कलंकीस्थित मालपोत कार्यालयलाई ‘नमुना मालपोत कार्यालय’ घोषणा गर्दै यस्तो बताएका हुन् । उनले प्रविधिको प्रयोगले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार लागिपरेको बताउँदै सो अभियानमा सबैको साथ र सहयोग रहेको पनि उल्लेख गरे ।

उनले मुलुकको वन, जङ्गल तथा स्रोतहरुलाई प्रविधिको प्रयोग गरी विकास गर्न सकियो भने नेपालमा एक करोड पर्यटक भित्र्याउने सम्भावना भएको दाबी गरे । उनले प्रविधिको प्रयोग गरी विकासको प्रयासलाई सबैले साथ दिनुपर्नेमा जोड दिए ।

प्रम ओलीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा २० लाख पर्यटक भित्र्याउन प्रयास भइरहेको पनि बताए । त्यस्तै उनले २ वर्षभित्र देशका सबै मालपोत कार्यालयहरुलाई प्रविधिमैत्री बनाउने दाबी गरे ।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सेवाग्राहीहरुलाई सहज ढंगले सेवा पुर्‍याउने गरी कलंकी मालपोत कार्यालयलाई ‘नमूना मालपोत कार्यालय’का रुपमा विकास गरिएको बताइन् ।

मन्त्री अर्यालले जग्गाको कारोबारलाई व्यवस्थित बनाउन सो कार्यालयलाई प्रविधिले युक्त कार्यालयको रुपमा विकास गरिएको धारणा राखिन् ।

प्रतिक्रिया