२०८३, १३ असार शनिबार
×

ट्रेन्डिङ

गुठी विधेयकः भोलिको दबाब कार्यक्रम नरोकिने, विजय उत्सबको रुपमा मनाईने

1643 Shares
Spread the love

काठमाडौं– सरकारले गुठी विधेयक फिर्ता लिए पनि आन्दोलनरत समुदायले भोलि गर्न लागेको बिरोधको कार्यक्रम नरोकिने भएको छ ।

विधेयक फिर्ताको माग गर्दै बिभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदा समिति र गुठियारहरुको अगुवाईमा भोलि काठमाडौँको माइतीघरमा ‘गुठी विधेयक प्रतिरोध कार्यक्रम’ गर्न लागिएको हो ।

ज्यापु महागुठी संघर्ष समितिका संयोजक सत्यनारायण डंगोलले पूर्वनिर्धारित कार्यक्रम नरोकिने तर विजय उत्सबको रुपमा मनाउने जानकारी दिए। ‘सरकारले बिधेयक फिर्ता लिएपछि हामीले भोलिको कार्यक्रम विजय उत्सबका रुपमा मनाउछौ’ उनले भने। उनले अबको केही दिनभित्र आफुहरुको माग समेटेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने पनि जानकारी दिए।

तर, केही संघर्ष समितिले भने बिधेयक नै खारेज गर्नुपर्ने भन्दै आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।

चौतर्फी बिरोधपछि भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा पत्रकार सम्मेलन गरि विधेयक फिर्ता लिएकी थिइन् ।

प्रतिक्रिया