२०८१, २६ आश्विन शनिबार
×

ट्रेन्डिङ

यति भव्य छन् अर्को विश्वकप हुने कतारका १२ स्टेडियम (फोटो फिचर)

2011 Shares

एजेन्सी। विश्वकपको २१ औं संस्करण सकिएको छ । फ्रान्सले क्रोएसियालाई फाइनलमा पराजित गर्दै ४ वर्षका लागि विश्वकपमाथि कब्जा जमाएको छ । अब अर्को विश्व्कप २०२२ मा कतारमा हुनेछ । यो विश्वकपका लागि कतारमा १२ भव्य स्टेडियम तयार हुँदैछन् । फिफालाई पठाएको प्रस्तावमा कतारले विश्वकपका लागि ९ नयाँ स्टेडियम बनाउने र ३ स्टेडियमलाई मर्मत गर्ने उल्लेख गरेको थियो ।

यी १२ स्टेडियमहरु कतारका ७ शहरमा छन् । कतारका शहरहरु अल डायन, अल खोर, अल रायन, अल शमाल, अल वक्राह, दोहा र उम सलाहमा विश्वकपका खेलहरु खेलिनेछन् । यी सबै स्टेडियमहरु मौसमको प्रभाव नियन्त्रण गर्न सक्षम हुनेछन् । यी स्टेडियम निर्माणको लागत ३ अर्ब डलर अनुमान गरिएको छ । विश्वकप सकिएपछि यी सबै स्टेडियमलाई डिस्मेन्टल गरेर (खोलेर) अन्य विकाशशील देशमा २२ नयाँ स्टेडियम बनाउन पठाइनेछ जहाँ यिनै सामग्रीको प्रयोग गरेर नयाँ स्टेडियम बनाइनेछ । हाउनुहोस् हेरौं आगामी विश्वकप हुने भव्य स्टेडियमहरु ।

१. अल गराफा स्टेडियमः यो स्टेडियम अल रायन शहरमा छ । यो स्टेडियमलाई मर्मत गरी भव्य बनाइँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।

२. अल खोर स्टेडियमः अल खोर शरहको यो भव्य स्टेडियम नयाँ निर्माण गरिएको हो । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वका रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।

३. अल रायन स्टेडियमः यो स्टेडियम पनि अल रायन शहरमा छ । यो स्टेडियमलाई पनि मर्मत गरी भव्य बनाइँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।

४. अल शमाल स्टेडियमः यो स्टेडियम अल शमाल शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।

५. अल वक्राह स्टेडियमः यो स्टेडियम अल वक्राह शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।

६. दोहा पोर्ट स्टेडियमः यो स्टेडियम राजधानी दोहा शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु, राउण्ड अफ १६ र क्वाटर फाइनलका खेलहरु हुनेछन् ।

७. एजुकेशन सिटी स्टेडियमः यो स्टेडियम अल रायन शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।

८. खलिफा इन्टरनेशनल स्टेडियमः यो स्टेडियम अल रायन शहरमा छ । यो स्टेडियमलाई मर्मत गरेर भव्य बनाइँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६, क्वाटर फाइनल र सेमिफाइनल खेलहरु हुनेछन् ।

९. लुसैल आइकोनिक स्टेडियमः यो स्टेडियम अल डायन शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा उद्घाटन खेल हुनेछ । यससँगै यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६, क्वाटर फाइनल, सेमिफाइनल र फाइनल खेलसमेत यही स्टेडियममा हुनेछ ।

१०. कतार युनिभर्सिटी स्टेडियमः यो स्टेडियम राजधानी दोहा शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार युनिभर्सिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।

११. स्पोर्टस् सिटी स्टेडियमः यो स्टेडियम राजधानी दोहा शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरुसँगै तेस्रो स्थानको लागि प्लेअफ खेल हुनेछन् ।

१२. उम सलाह स्टेडियमः यो स्टेडियम उम सलाह शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६ र क्वाटर फाइनल खेल हुनेछन् ।

प्रतिक्रिया