1909
Shares
काठमाडौँ – प्रतिनिधि सभा सदस्य एबम नेकपा केन्द्रिय सदस्य कृष्ण राईले किरातीहरु धर्ती भएको बताए। किरात समाज ललितपुरले आयोजना गरेको उभौली चार्ड २०७६ कार्यक्रममा प्रमुख अतिथि संसद राईले धर्ती मै जन्मने, यहि धर्तीसंग अटुट सम्बन्ध राख्दै यहि धर्तीमा बिलय हुने किरातीहरु धर्ती पुत्र भएको बताए। किरातीहरु धर्तीमा मिहेनत रोप्दा उधौली र फल लिदा उभौली मनाउने उनले बताए। उनले नेपाललाई कृषि प्रदान देशको परिचय दिन किरातीको ठुलो भूमिका रहेको बताए।
संसद राईले १२५ जातजाति भएको नेपालमा किरातीको भाषा, संकृति, परम्परा, भेषभुसामा छुटै मौलिकता भएको बताउदै नेपालको संकृतिलाई धनि बनाएको बताए।
कार्यक्रम को सभापति सोमन याख्खा रहेको थिए। कार्यक्रममा प्रदेश सभा सदस्य माधब पोडेल, नगरपालिका प्रमुख , वडा अध्यक्षको उपस्थिति रहेको थिए।
फोटो फिचर :
