कागेश्वरी मनोहर – प्रतिनिधिसभा सदस्य एबं नेकपा केन्द्रिय सदस्य कृष्ण राईले गागलफेदी यातायातको उत्घाटन गरेका छन्। गागलफेदी यातायात प्रा लि ले संचालनमा ल्याएको बस सेवाले गागल फेदी देखि रत्नपार्कसम्मको यातायात सुबिधा दिए भएको छ।
उत्घाटन समारोहमा बोल्दै संसद राईले जनताको लगानीले आर्थिक बिकासमा ठुलो टेवा पुग्ने बताए। उनले लोकतन्त्रमा जनताको सहयोग विना सामाजिक, आर्थिक परिवर्तन गर्न असम्भव रहेको बताए।

स्थानियहरुको पहल कदमीमा ल्याएको यातायात, प्रा लि मा भन्दा पनि पब्लिक लि मार्फत संचालन गर्न संसद राईले आग्रह गरे। पब्लिक लि मार्फत संचालन गर्दा आर्थिक पारदर्शिता हुने र थप पुजी निर्माणका लागि सहज हुने उनको भनाई रहेको थियो।
गागलफेदी यातायात प्रा लि मा महिला को लागि १० पत्रकार को लागि १ र अशक्तका लागि ४ अरक्षण सिट रहेको छ।
उत्घाटन कार्यक्रमको सभापति गागलफेदी यातायात प्रा लि का अध्यक्ष मधु सुदन के सी ले गरेका थिए। कार्यक्रममा कागेश्वरी मनोहर १ का वडा अध्यक्ष मुकुन्द गजुरेल, काठमाडौँ जिल्ला समन्वयन समिति सदस्य उद्धव भण्डारी, संचालक सदस्यहरु र स्थानीयहरूको उपस्थिति रहेको थियो

