“खोला तर्ने मान्छेको खुट्टा हेरेर थाहा हुन्छ -खोला तर्छ ,तर्दैन ”
कुरो त सही गर्नुभो प्रधानमन्त्री ज्यू – २४० वर्षको राजतन्त्रले गैर शासकीय जाति , वर्ग , लिङ्ग र भूगोलका जनता-समुदाय माथि जति विभेद , यातना , हत्या-हिंसाको श्रृंखला को लामो इतिहास बनाउँन सफल भयो। वहुदलीय प्रजातन्त्रिक र गणतान्त्रिक शासन र यसका आर्य-खस शासकहरूले छोटो अवधिमै शाहतन्त्र-राणातन्त्रको चेतना र प्रवृत्तिलाई गुणात्मक वृध्दि गरि गैरहरू प्रति मानसिक , राजनैतिक , सामाजिक , साँस्कृतिक , आर्थिक र भौतिक रूपमा जुन विभेद , यातना , हत्या-हिंसाको श्रृंखलाको फेहरिस्तलाई समयमा भागबण्डा गर्ने हो भने , प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ज्यू। राजतन्त्र पछिको शासकहरूको पल्ला निकै भारी वा काहाली लाग्दो बन्दैछ ।
तपाईको यो राजतन्त्र प्रतिको कटाक्ष सही हुँदाहुँदै पनि आशंका मुक्त भने छैन ( सन्दर्भ : https://bigulnews.tv/np ) । यो कटाक्ष आफ्नो पार्टी र आफ्नो नेतृत्वको सरकार जोगाउँन उपयोग भएको बुझ्न कठिन छैन। किनभने , भारतमा पुन: निर्वाचित मोदीको सरकार , विदेश मन्त्रीमा जयशंकर , गृह र रक्षामन्त्रीमा अमित शाह र राजनाथ सिंहको भ्याटरनहरूको टिम र उनीहरूको पिलर RSS का मोहन भागवत , शिवसेनाका बाल ठाकरे लगायत हिन्दु अतिवादीहरूको पूर्व घोषित नीति अनुरूप चेसका प्यादा बनेका नेपालका वहिर्गमित राजतन्त्रलाई सन् २०२२ भित्र पुन: स्थापित गर्ने भूल सुधार सहितको योजना कृयान्वयनको चरणमा देखिन्छ । होली वाइनले गणतन्त्र जोगाउँनेमा आफैलाई आशंका भएकैले गणतन्त्रवादी जनता र होली वाइनका मसिहा पश्चिमालाई एक प्रकारको गुहार हो भन्न सकिन्छ ।
यसबाट के पनि अनुमान गर्न सकिन्छ भने , प्रधानमन्त्री र उहाँको पार्टीले गणतन्त्र र राजतन्त्र कस्को पक्षमा जनमत बढी छ ? जसअनुसार रणनीतिक कार्यदिशा र साझेदारी गर्न उपयुक्त बनिदेओस् भनि जोखाना हेर्ने र नाडीको ढुकढुकी छाम्ने बठ्याई र चतुर्याईँ पनि हुनसक्छ । किनभने , हामीलाई थाहा छ कि , २०४६ पछि , अझ २०६४ पछि (माओवादी जनयुध्दको दस वर्ष बाहेक ) नेपाली राजनीति र सत्ताको खेलमा दलीय चरित्र , छिनछिनमा फेरिने रंग , स्थिर र दृढता विनाको मनोविज्ञान जनताले बुझिसकेका छन् , देखिसकेका छन् । अर्थात् खोला तर्ने मान्छेको खुट्टी हेरेर थाहा हुन्छ भने झैं कम्तीमा २०६४ को अन्तरिम सम्विधानको प्रस्तावनालाई कृयान्वयन गर्न प्रतिवध्दता र विश्वसनीय चरित्र निर्माण समय मै गर्नोस् , अनि मात्र संघीय गणतन्त्रको आयु लम्बिन सक्ला । त्यसो त तपाईको संघीय गणतन्त्र प्रतिको रूझान पनि जनतालाई रामरी थाहा भएकै हो ? अर्को अर्थ नलागेमा ।
✒️ पाख्रिन दाई फेसबुकबाट