२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

प्रतिनिधिसभामा आजदेखि विनियोजित विधेयकमाथि छलफल सुरु हुने

582 Shares
Spread the love

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा प्रस्तुत विनियोजन विधेयकमाथिको छलफल आजबाट सुरु हुने भएको छ ।

संघीय संसदमा प्रस्तुत बजेटबारे सांसदहरुबीच छलफल गरेर पारित गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप आजबाट छलफल हुन लागेको हो ।

बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा बजेटको मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटबारे सांसद्हरुले राखेका विभिन्न प्रस्तावबारे छलफल हुनेछन् ।

संसद्मा प्रस्तुत विधेयकमा दुर्गा पौडेल, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मालगायतका सांसद्हरुले विभिन्न प्रस्ताव राखेका छन् । यही प्रस्तावबारे छलफल हुने र मन्त्रीले जवाफ दिनेछन् ।

राष्ट्रियसभा बैठक पनि बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयका अनुसार, आर्थिक वर्ष ०७६/७७ को राजस्व र व्ययबारे सामान्य छलफल गर्ने सम्भावित कार्यसूची छ । छलफलका क्रममा उठेका सवालहरुको जवाफ अर्थमन्त्री युवराज खतिवडाले दिनेछन् ।

प्रतिक्रिया