काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य, नेकपा केन्द्रिय सदस्य एव्म नेकपा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले स्थानीय जनप्रतिनिधि निर्माण, सामाजिक आर्थिक बिकासमा पारदर्शिता र गुरुयोजना सहित आगाडी बढ्नु पर्ने बताएका छन ।
गोकर्णेश्वर नगरपालिका वडा २ को आव ०७५ र०७६ को सर्वाजनिक सुनुवाई कार्यक्रममा बोल्दै सांसद राईले स्थानिय जनप्रतिनिधि जनताका मागलाई सम्बोधन गर्दै पारदर्शीताका साथ गुरुयोजना लिएर अगाडी बढ्न आग्रह गरे । उनले निर्माण विकास मात्र बिकाशको आयाम नभएको भन्दै सामाजिक ,आर्थिक विकास पनि संगै संगै लैजानु पर्ने धारणा व्यक्त गरे । संघिय नेपालको स्थानीय सरकार संचालन ऐनले स्थानीय तहलाई सामाजिक एबं आर्थिक विकासका लागि अधिकार प्रदान गरेको उनले स्मरण गराए। संसद राईले स्थानीय तह उत्पादनको क्षेत्रमा जोडिए रोजगारीको आयाम खुल्ने बताए।

सांसद राईले जुनसुकै बिकाशको लागि पनि जनता र राजनीतिक प्रतिनिधिबीच को समझदारी अपरिहार्य रहेको भन्दै त्यसै अनुरुप प्रतिनिधि अगाडी बढ्ने बताए । उनले भने ‘स्थानिय सरकारले आर्थिक उन्नतिका कार्यक्रम ल्याउनु पर्छ केन्द्रको आशा मात्र गरेर हुँदैन, योजनाहरु ल्याउदा जनतासँग प्रत्यक्ष सरोकार राख्ने र जनतालेनै रोजगार पाउने खालका योजना तर्जुमा गर्नुपर्छ । ‘हामीमा अरुको भर पर्ने प्रवृती छ’ उनले भने ‘त्यसलाई चिर्दै आफ्नो समाज गाँउको विकासमा आफुहरु नै अग्रसर हुनु पर्छ ।’
नेकपा काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका राईले सामाजिक बिकासमा पछाडी पर्दा मुलुकको विकास समेत ओझाल मा परेको धारणा राखे ।
अध्यक्ष राईले केही मानिसहरुले कृष्ण राईका कारण जोरपाटी-सुन्दरीजल सडक नबनेको भने भ्रम फैलाएको भन्दै त्यस्ता निराधार र कपोकल्पीत भ्रममा नपर्न समेत आग्रह गरे । उनले भने “सडक हिलो र धुलो हुँदा केन्द्रिय योजन भन्दै संसद तिर देखाउने अनि आधिकारिक निकाय जथाभाबी निर्णय गर्दै सडक सम्बन्धि निकाय धाएर सडक राजनीत सुरु गरे ” \ उनले भने ‘म जनताको सेवामा जनताकै सहयोगको लागी लड्दै हिड्दै आएको मान्छे जनताका समस्यासँग साक्षातकार हुने मान्छेले त्यस्तो सोच्न समेत सकिन्न । जनतालाई समस्यामा पारेर म कदापी अगाडी बढ्न सक्दैन । ति त्यस्ता मान्छेले भ्रम फैलाउछन् जसले जनताको साथ र मत पाएका हुँदैनन्, तपाईहरुको म प्रतिको विश्वास र भरोसा तोड्न अनेकन तिकडम गर्छन त्यस्ता मान्छेले यस्तै अनेकन भ्रम छरेका हुन ।’

वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कृष्ण राई रहेका थिए भने बिशेष अतिथिमा प्रदेश सभा सदस्य रामेश्वर फुयाल गोनपा प्रमुख सन्तोष चालिसे , उप प्रमुख शान्ति नेपाल , जिल्ला समन्वयन समिति सदस्य उद्धव भण्डारी लगाएको उपस्थिति रहेको थियो ।