1589
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई अझ थप ५० वर्ष देश चलाउने रहर भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले आफूसित उमेर भएको भए ५० वर्ष शासन चलाउने उत्साह रहेको बताउनु भएको हो ।
बुधबार काठमाडौं महानगरपालिकाको स्मार्टसिटी प्रविधि प्रतिस्पर्धाको अन्तिम छनोट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘समय भएको भए अझै ५० वर्ष शासन चलाउँथें जस्तो लाग्ने गरेको छ ।’

उहाँले आफुले तानाशाहजस्तो लामो समय शासनमा बसिरहन नखोजेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले युवाहरुसित समय रहेको भन्दै उनीहरुलाई उत्पादनशील बन्न सुझाव दीनु भएको छ ।
जति पुजी त्यति मात्र नोट छाप्न पाइने भएकाले नेपाल प्राकृतिक रुमा धनी भएपनि पछि परेको गुनासो गर्नु भयो । उहाँले देशप्रति इमान्दार भएर अहिलेको युवापुस्ता लाग्नुपर्ने बताउनु भएको हो ।