२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

कुलमानलाई अख्तियार लगाएर छानबिन गर्न महेश बस्नेतको माग

903 Shares
Spread the love

काठमाडौं – सत्तारुढ नेकपाका सांसद तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अख्तियार लगाएर छानबिन गर्न माग गरेका छन् ।

मंगलबार बजेटमाथिको छलफलका क्रममा प्रतिनिधि सभा बैठकमा उनले सार्वजनिक लेखा समितिले पनि घिसिङमाथि छानबिन गर्नुपर्ने माग गरेका हुन् । प्राधिकरणले ९ अर्ब बढी बक्यौता नउठेको विषयमा नेकपा सांसद अमनलाल मोदीले प्रश्न सोध्दा नानाथरी आरोप लगाएको भन्दै घिसिङलाई छानबिन गर्न बस्नेतले माग राखेका हुन् ।

उनले भने,‘भारतबाट खरिद गरिएको पथलैया ट्रान्समिसन लाइनबाट २२५ मेगावाटको प्रयोग गरे पनि नगरे पनि १० रुपैयाँ ६८ पैसा तिर्नुपरेको छ । यी कुरा उठाउँदा मोदीमाथि सामाजिक संजालले तल्लो स्तरमा ओर्लेर गाली गरेको सुनियो ।’

उनले कुलमान घिसिङले पनि उक्त गाली गलौचलाई बढावा दिएको बताउँदै भने,‘कुलमानजीले पनि मलाई अनेक आरोप लगाइयो, घेराबन्दी गरियो भनेको पाइयो । कुलमानजीले गरेका काममा हाम्रो साथ सहयोग र समर्थन छ । मोदीजीले उठाएका विषय गम्भीर छन् ।’

प्रतिक्रिया