2490
Shares
काठमाडाैं । भारतीय राज्यसभामा सदस्यहरूले नेपाली र मैथलीमा पनि बोल्न पाउने भएका छन् । राज्यसभाका सभापति एम. वेंकैया नायडुले मंगलवार उक्त जानकारी दिएका हुन् ।
संसद्को आगामी मनसुन् सत्रमा राज्यसभामा सांसदले भारतीय संविधानको आठौं सूचीमा समावेश सबै भाषामा बोल्न पाइने नायड्ले जानकारी दिएका छन् । आठौं सूचीमा समावेश २२ भाषामध्ये कुनै पनि भाषामा बोल्न पाइने उनले स्पष्ट पारेका छन् ।
राज्यसभा सचिवालयले डोगरी, कश्मीरी, कोङ्कणी, सन्थाली र सिन्धीका लागि पनि अनुवादको व्यवस्था गरिएको जानकारी दिए । नायडुले मंगलवार औपचारिक रूपमा यी भाषाका अनुवादकलाई राज्यसभाको अनुवादक टोलीमा सामेल पनि गरे ।