
एजेन्सी। अभिनेत्री कटरिना कैफ बलिउड फिल्म उद्योगमा आएको धेरै वर्ष भइसक्यो। उनले बलिउडमा कयौं प्रकारका फिल्ममा अभिनय गरेकी छन्। तैपनि उनका खास प्रशंसक बन्न नसकेको देखिएको छ। केही समय अगाडि कटरिना बलिउडका दबंग खानको फेमस दबंग टुरको हिस्सा बनिन्। सो क्रममा उनी क्यानडामा थिइन्। उनीसँग बलिउडका अन्य कलाकार सलमान खान, ज्याकलीन फर्नांडीज, सोनाक्षी सिन्हा र गुरु रंधावा पनि थिए।
सबै कलाकारले राम्रो प्रस्तुती पनि दिए। तर सो कार्यक्रममा क्रममा कटरिनामाथि यस्तो घटना भयो जुन चर्चाको विषय भएको छ। शोमा प्रस्तुती गरेपछि कटरिना होटलमा फर्किँदै थिइन्। सो क्रममा उनका केही फ्यानले उनलाई घेरे र उनीसँग सेल्फी लिन थाले। कटरिना शोमा दिएको प्रस्तुतीले किनै थाकेकी थिइन्। सोही कारण उनी चाँडो होटलमा जान चाहन्थिन्। कटरिनाले आफूलाइ १५ मिनेट समय दिन आग्रह गरिन्।
कटरिनाको कुरा सुनेर उनका फ्यान रिसाए। र उनीहरुले कटरिनालाई नानाथरी भन्न थाले। त्यसपछि कटरिनाले केही फ्यानसँग सेल्फी पनि खिचाइन्। त्यसपछि फ्यानले कटरिनालाई भने, ‘हामी तिमीलाई होइन, सलमान खानलाई हेर्न आएका थियौं।’
यो सबै घटनाक्रमलाई एकजना फ्यानले खिचिरेका थिए। र उनले उक्त भिडियो सामाजिक संजालमा पोस्ट गरे। जुन अहिले भाइरल भएको छ। त्यसो त कुनै पनि कलाकारमाथि यस्तो घटना घटेको यो पहिलो पटक भने होइन्। यसअघि पनि केही फ्यानले कलाकारसँग यस्तो व्यवहार गरिसकेका छन्। कलाकार पब्लिक फिगर हुन् तर योसँगै उनीहरु मानिस हुन् भन्ने कुरा हामीले भुल्नु हुँदैन।
https://youtu.be/OZt7ze5XYYU