काठमाडौं । बुधबार राति इंगल्याण्ड रोयो । इंगल्याण्डका फ्यान विश्वभरमै रहेका छन् । विश्वकप फुटबलको सेमिफाइनलमा क्रोएसियासंग २–१ ले पराजित भएपछि इंगल्याण्डको फाइनल पुग्ने सपना रोकियो ।
यो रोकाइले इंगल्याण्ड फेरि कहिले फाइनल पुग्ला भन्ने आंकलन बढेको छ । इंगल्याण्डले सन् १९६६ को विश्वकप जितेपछि सन् १९९० मा मात्र सेमिफाइनलमा पुगेको थियो ।
अर्को पटक सेमिफाइनल पुग्न २८ वर्ष लगाएको इंगल्याण्डले अब फेरि कहिले अन्तिम चारमा ठाउँ बनाउला भन्ने चासो त छँदैछ त्यसमाथि फाइनल पुग्ने सपना त परको कुरा ।
इंगल्याण्डमा संचालन हुने इंगलिश प्रिमियर लिग फुटबल सर्वाधिक सफल मानिन्छ । अहिले विश्वकप खेलेका ४० प्रतिशत भन्दा बढी खेलाडी त इंगलिश प्रिमियर लिगकै थिए ।
तर त्यही इंगल्याण्ड विश्वकपमा कमजोर हुन्छ । रुसको मस्कोमा १० हजार इंगल्याण्डवासी पुगेका थिए टिमको समर्थन गर्न । तर त्यसले पुगेन । इंगल्याण्ड कमजोर सावित भयो ।
३० मिलियनले विश्वकप हेरेका थिए । इंगल्याण्डले ५ मिनेटमै अग्रता लिएको थियो । तर कसरी खायो गोल ? कसरी थपियो समय र हार्यो पत्तो नै पाएन टिमले ।
म्यानेजर ग्यारेथ साउथगेटको सम्मान गर्दै वेस्टकोट पनि लगाएर गएका थिए ।
तर जब टिमले हार्यो तब रोक्न सकेनन् समर्थकले आफ्नो आँशू । आफूलाई निराश पारे । डुबाए पनि ।