२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

हत्याको बदला जनताले उचित समयमा लिनेनै छन् : विप्लव

1532 Shares
Spread the love

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले युवा संगठनका कार्यकर्ता तीर्थराज घिमिरेलाई गिरफ्तार गरी हत्या गरेको आरोप लगाएको छ। साङ्गठनिक कामको सिलसिलामा हिँडिरहेको बेला गिरफ्तार गरी भिडन्तको नाममा हत्या गरिएको नेकपाको आरोप छ। महासचिव विप्लवले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले हत्या गरेर जनशक्ति रोक्न खोजेको आरोप लगाउँदै त्यो सपना मात्रै हुने जनाएका छन्।

हत्याको सहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन। विज्ञप्तिमा भनिएको छ, जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन्। साथै तीर्थराज हत्याको छानविन गर्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ। गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कूचेष्टा सरकारले गरेको नेकपाको ठहर छ।

उसले प्रतिबन्ध, धरपकड र हत्या हिंसाका विरुद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ। कार्यक्रमअन्तरगत जेठ १० र ११ गते भण्डाफोर र कोणसभा गर्ने, १२ गते देशव्यापी मसाल जुलुस गर्ने र १३ गते नेपाल बन्द गर्ने विज्ञप्तिमा उल्लेख छ।

षडानन्द नगरपालिका २ का घिमिरेलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको जनाएको थियो। प्रहरीको गोली लागेर घाइते घिमिरेको मंगलबार उपचारको क्रममा ज्यान गएको थियो।

प्रतिक्रिया