२०८३, २३ जेष्ठ शनिबार
×

ट्रेन्डिङ

बेलायतका बाँसुरी प्रेमीहरुको पहिलो भेटघाट सम्पन्न

3105 Shares
Spread the love

सुरेन्द्र इङ्नाम ,

केन्ट । गत शनिवार बेलायतको एम्पायर हल, अल्डरसटमा “बाँसुरी चौतारी बेलायत” ले पहिलो साधारण भेटघाट र अभ्यास सम्पन्न गरेको छ ।

खड्क क्षेत्रीको सम्योजनमा “बासुरी चौतारी बेलायत” नामको फेसबूक पेज खोलेयता बेलायतको बिभिन्न स्थानहरुमा बसेका बाँसुरीप्रेमी तथा बाँसुरीबाधकहरु फेसबूक पेजमा मात्र केहि समय यता एक भएको र आफ्ना बाँसुरीका धुनहरु सुनाउदै आएका थिए । उक्त “बासुरी चौतारी बेलायत” फेसबुकमा बेलायत भन्दा बाहिरका केहि बाँसुरीका लब्द प्रतिष्ठित ब्याक्तित्वहरुलाई पनि समावेश गरिएको छ ।

उक्त “बासुरी चौतारी बेलायत” को पहिलो भेलाको पहिलो शत्र बाँसुरी बारे बाँसुरीमा डिप्लोमा गरेका सास्त्रिय सङ्गीत सिकेका साथै बाँसुरीमा एक दसक खोज अनुसन्धान गर्नु भएका दिपक चाम्लिङ ले केहि ज्ञानहरु समुहलाई बाँडेका थिए त्यस पश्चात उन्ले केहि मिठा बाँसुरीका धुनहरु पनि सुनाएर पहिलो शत्र खाना–खाजाको लागी अन्त्य भएको थियो ।

भेलाको दोस्रो शत्रमा ग्रुपका सबै सदस्यहरुले एक एक बाँसुरीका धुनहरु प्रस्तुत गरेका थिए । एकल प्रस्तुत सके पश्चात समुहमा अभ्यास भएको थियो । समुहको अभ्यास सके पश्चात बाँसुरी वादक दिपक चाम्लिङ्ले बाँसुरी बजाउन तथा मिठास ल्याउन केहि अति आवस्यक कुराहरु उदाहरणका साथ ब्याख्या गरेर स्पस्ट पारेका थिए ।

कार्यक्रमको अन्त्यमा सम्योजक खड्क क्षेत्रीले सम्पुर्ण सदस्यहरुलाई आजको भेलाको औचित्य बारे बोल्दै र यस क्लोज फेसबूक ग्रुपलाई चाडै पब्लिकको लागी हेर्न मिल्ने बनाउने जस्ले गर्दा बासुरीको धुन सुन्न र मन पराउनेहरुले पनि हेर्न मिलोस र उपस्थितीको लागी सबैलाई धन्यवाद दिदै भविश्यमा पुन भेला गर्ने प्रतिबद्घता जनाउदै भेलालाई औपचारिक रुपमा समाप्त गरेका थिए ।

बिहान १० बजेबाट शुरु भएको सो भेला साँझ ७ बजे सकेपछि एम्पायर दोहोरी साँझमा गएर ग्रुपका सदस्यहरुले बाँसुरीको प्रस्तुतिहरु दिएका थिए ।

“बाँसुरी चौतारी बेलायत”मा ३० भन्दा धेरै सदस्यहरु छन । उक्त भेलामा उपस्थित सदस्यहरु यस प्रकार रहेको छ :

सम्योजकः खड्क क्षेत्री

सल्लाहकारः दिपक चाम्लिङ्

सदस्यहरुः

सुरेन्द्र इङ्नाम

भरत लोहोरुङ् राई

सेमन्त राई

मेघ गुरुङ्ग

कुल थापा

विस पुन मगर

लोक बहादुर थापा

भुपाल गुरुङ्ग

पदम गुरुङ्ग

प्रतिक्रिया