२०८२, २८ फाल्गुन बिहीबार
×

ट्रेन्डिङ

यसरी इंगल्याण्डको विश्वकप सपना अधुरो बनायो क्रोएसियाले (भिडियो)

1503 Shares
Spread the love

काठमाडौं । युरोपेली मुलुक क्रोएसिया इतिहासमै पहिलो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

एक पटकको विश्वकप विजेता इंगल्याण्डलाई २–१ गोलले पराजितगर्दै क्रोएसिया विश्वकपको उपाधि नजिक पुगेको हो। खेलमा पराजित भएसँगै इंगल्याण्डको विश्वकप सपना भने अधुरो बनेको छ।

क्रोएसियाले इंगल्याण्डमाथि संघर्षपूर्ण जित निकालेको हो। यस जितमा क्रोएसियन फरवार्ड मारियो मान्जुकिज नायक बने।

खेलमा एक–एकको बराबरी भइरहेको अवस्थालाई चिर्दै मान्जुकिजले अन्तिम समयमा निर्णायक गोलगर्दै क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्याउन मदत गरे।

खेलमा इंगल्याण्डले सुरुवाती पाँचौ मिनेटमा एक गोलको अग्रता लिएको थियो। इंगल्याण्डका केइरान ट्रिपिएरले डिबक्स बाहिरबाट हानेको फ्रि किक आकर्षक गोलमा परिणत भएको थियो।

तर दोस्रो हाफमा क्रोएसिया खेलमा फर्कन सफल भयो। क्रोएसिया इभान पेरिसिकको गोलबाट एक–एकको बराबरीमा फर्किएको थियो। खेलको ६८ औं मिनेटमा सिमे भ्राजिल्कोको क्रास पासमा इभानले देब्रे खुट्टाको प्रहारमा गोल गरेका हुन्।

प्रतिस्पर्धात्मक निर्धारित ९० मिनेट १–१ कै बराबरीमा टुंगियो। त्यसपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो।

दुबै टोलीले गोलका कैंयौ अवसर सृजना गरेका थिए। तर क्रोएसिया भाग्यशाली सावित भयो। अतिरिक्त समयको खेल सकिन १० मिनटे बाँकी रहँदा मारियो मान्जुकिजले गोल गर्न सफल भए। उनले बराबरी गोल फर्काउने इभान पेरिसिकको पासमा आकर्षक गोल गरेका थिए।

प्रतिक्रिया