२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

उपत्यकामा दिउँसो ट्रिपर चलाउन नपाइने

1943 Shares

काठमाडौँ। उपत्यकाका ३ जिल्लामा राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने भएको छ।

गृहमन्त्री रामबहादुर थापाले ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासन कार्यालय र ट्राफिक प्रहरीलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएका हुन्।

ट्रिपरका कारण हुने दुर्घटना बढेपछि गृह मन्त्रालयले यसमा चासो देखाएको थियो। गृहमन्त्रालयका अनुसार अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर चलाउन पाइनेछ।

 

प्रतिक्रिया