२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

‘जननेता भण्डारीले अघि सारेको विचारधारा हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन’

1205 Shares
Spread the love

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको बिरोध अनावश्यक भएको बताएका छन् । २६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृतिसभामा बोल्दै अध्यक्ष ओलीले सरकारको बिरोधको कुनै अर्थ नभएको टिप्पणी गरेका हुन् ।

सरकारको बिरोध गर्ने नाममा समाजलाई अनुशासनहीन, अराजक बनाउने प्रयास भइरहेको बताउँदै ओलीले अहिलेको बिरोध व्यत्तिलक्षित देखिएपनि प्रकारान्तरुपमा त्या गणतान्त्रिक संस्था र पद्धति विरुद्धको सुनियोजित प्रचार भएको बताए । “यसविरुद्ध पार्टी पंक्ति दृढतापूर्वक उभिनुपर्छ । अहिले राष्ट्रपति, उपराष्ट्रपतिको होइन । गणतान्त्रिक पद्धतिको बिरोध भइरहेको हो भनेर बुझनुपर्छ ।’ उनले भने ।

सरकारको नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ नभएपछि कांग्रेस र केही बुद्धिजिवीहरु ‘मेरो सरकार’को पछि लागेको उनको टिप्पणी थियो । संसारभर राष्ट्रपति वा राष्ट्रप्रमुखले आफ्नो सरकारको वक्तव्य पढ्ने गरेको भन्दै उनले कुवाभित्रबाट आकाश जत्रो देखिन्छ त्यत्रोमात्र हुन्छ भन्ने ठान्न नहुने बताए ।

अध्यक्ष ओली अघि भाषण गरेका अर्का अध्यक्ष प्रचण्डले मदन भण्डारीकै विचार समातेर नहुने अभिव्यक्ति दिएपछि त्यसको प्रत्युत्तरमा ओलीले भने मदन भण्डारीका विचार छाड्न नमिल्ने बताए । यद्यपी उनले परिमार्जन गर्नुपर्ने धारणा भने राखे ।

‘अध्यक्ष कमरेड प्रचण्डले भने जस्तै जबजलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने वा मदनले हिजो जे भन्नुभयो, त्यहिमात्र अन्तिम होइन । हामी उहाँको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्छौं ।’ उनको भनाई थियो । ओलीको जिकिर थियो ‘जननेता भण्डारीले अघि सारेको विचारधारालाई हाम्रो पार्टीले छाड्दैन र छाड्नै मिल्दैन ।’

प्रतिक्रिया