काठमाडौं –संघीय प्रेस फोरम नेपालले समाजवादी पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई पत्रकार सुशिल पाण्डेले अन्र्तवार्तामा अपमानित व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फोरमले एक प्रेस विज्ञप्ती जारी गर्दै वैशाख २९ गते आइतबार एभिन्यूज टेलिभिजनबाट राति ९.०० बजे प्रशारण भएको लाइभ अन्तर्वार्ताका क्रममा पत्रकार सुशील पाण्डेले
अध्यक्ष यादवलाई मानमर्दन एवं अपमानित हुने ढंगले व्यवहार गरेको भन्दै त्यो ज्यादै नै घृणित तथा पत्रकारिता जगतलार्इ बदनाम गरेको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘पत्रकार आचार संहिता विपरीत ठाडो, अज्ञानी तथा मुर्खहरुको मुखिया झै र अभद्र एवं पूर्वाग्रही प्रस्तुति प्रति दुःख व्यक्त गर्दछौ’ । पत्रकार पाण्डेले अन्तर्वार्ताका क्रममा देश कै उपप्रधान मन्त्रिलाइ बकबास नगर्नुस, तपाइँ जान सक्नु हुन्छ, ठाडो प्रश्न गर्ने हाम्रो शैली तथा शिष्टता हो जस्तो कुरा गरेर झन् पत्रकारितालाइ नै घृणित बनाएको महसुस भएको छ । पत्रकारिता जगतको नै मानमर्दन हुने गरी अपमान जनक एवं बदनियतपूर्ण ढंगले उपप्रधानमन्त्री यादव माथि भएको यस्तो दुव्यर्वहारको हामी घोर निन्दा एवं भत्र्सना गर्दछौं ।
मिडिया जगत तथा प्रेस स्वतन्त्रताका पक्षमा वकालत गर्दै आउनु भएका अध्यक्ष यादवसहित समाजवादी पार्टी, नेपालले प्रेस स्वतन्त्रता र मर्यादालाई सँधै सम्मानगर्दै आएको छ । साथै, पत्रकारिताको आचरण विपरीतका यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न र पत्रकारिता जगतलाई अझै सम्मानित एवं मर्यादित बनाउन संचार गृह, संचारकर्मी र प्रेस काउन्सिल सहित मिडियालाई नियमन गर्ने सम्पूर्ण निकायहरुलाई पनि हार्दिक अपील गर्दछौं । महासचिव सरोज खिलाडीले जारी गरेको पे्रस विज्ञप्तीमा उल्लेख छ ।