832
Shares
जनकपुर — सीता जन्मिएको दिनलाई अवसर पारेर मनाइने जानकी नवमीमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार बिहान जनकपुर पुगेकी छिन् ।
जानकी मन्दिरले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी भएर राष्ट्रपति भण्डारीले विशेष पूजाअर्चना गरेकी छिन् ।सेनाको हेलिकोप्टरले जनकपुर आएकी राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा करिव ४५ मिनेट रहनेछिन् ।मन्दिरमा विशेष पूजाअर्चनापछि राष्ट्रपति भण्डारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले सम्बोधन गर्ने कार्यक्रम समेत तय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए ।
प्रदेश २ को सरकारले जानकी नवमीको अवसरमा सोमबार सार्वजनिक बिदा समेत दिएको छ ।मुख्यमन्त्री राउतले आइतबार शुभकामना सन्देश जारी गर्दै जानकी नवमीको दिन प्रदेश २ मा सार्वजनिक बिदादिइएको घोषणा गरेका थिए।