काठमाडौं – एपी वान टेलिभिजनद्वारा सञ्चालित रियालिटी शो ‘को बन्छ करोडपति’मा विराटनगरका राजिव जैनले १ करोड जित्न सफल भएका छन् । एपी वान टेलिभिजनमा आइतबार राति प्रसारित पहिलो सिजनको को बन्छ करोडपतिको ४२ औ अंकमा उनले १४ औं र १५ औं प्रश्नको जवाफ सही जवाफ दिएर १ करोड जितेका हुन् । अघिल्लो हप्ता ४१ औं १३ वटा प्रश्नको जवाफ दिई २५ लाख जितिसकेका थिए ।
नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमाले सञ्चालन गर्दै आएको को बन्द करोडपतिमा १ करोड जित्ने जैन पहिलो प्रतियोगी बनेका हुन्। २००७ सालको प्रजातन्त्र पछिको पहिलो ऐतिहाँसिक चुनाव कहिले घोषणा भएको थियो ? भन्ने १५ औं तथा अन्तिम प्रश्नको विसं २०१४ माघ १९ गते उत्तर दिँदै उनले १ करोड जितेका हुन् ।
एक करोड जितेमा के गर्ने हुन्छ भन्ने प्रशनमा उनको उत्तर विश्व भ्रमणमा निस्कने योजना छ भन्ने दिउका थिए । नभन्दै उनको त्यो सपना पुरा भउको छ । उनले पहिलो यात्रा अष्ट्रेलियाबाट गर्ने बताएका थिए ।