२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

सरकारले तानाशाही प्रवृत्ति देखाएको छ : देउवा

1499 Shares
Spread the love

वीरगन्ज – कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सङ्कटमा परेको बताएका छन् । वीरगन्जको नगरसभा गृहमा कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत प्रदेश नम्बर २ का महिलाहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रजातन्त्रको मर्म जोगाउन सबै एक भएर अगाडि बढ्न आग्रह गरे ।

ओलीको सरकारले जुन कामपनि जबरजस्ती गरिरहेको छ, उद्घाटन सत्रमा देउवाले भने,मुलुकको इतिहासमा यस्तो किसिमको जबरजस्ती भएको थिएन । जेपनि जबरजस्ती पास गरिरहेका छन् ।

प्रतिपक्षले विरोध गर्दा पनि नीति तथा कार्यक्रम पास गरे । संसद्मा जथाभावी बोल्ने गरिएको छ । बोल्दा गल्ती हुन सक्छ, त्यसो भएमा सरी भन्न सकिन्छ,तर त्यो पनि छैन, देउवाले भने,यो तानाशाही प्रवृत्ति हो । सभामुख सुनेर बस्छन्, कस्तो डरपोक सभामुख हो ।

महिलाका लागि पार्टीले बढी महत्त्व दिएको उनले सुनाए । पार्टीमा महिलालाई ३३ प्रतिशत दिने नेपाली काँग्रेस मात्र हो, सहमहामन्त्री महिलाका लागि छुट्ट्याएका छौँ, उनले भने, महिलालाई काँग्रेस जति महत्त्व अरू पार्टीले दिएका छैनन्, सच्चा मानेमा पार्टी समावेशी छ ।

उनले जनसमर्थन बढाएर पार्टीका महिलालाई बढी भन्दा बढी मान्छे पार्टीमा ल्याउन आहृान समेत गरे ।

प्रतिक्रिया