1514
Shares
काठमाडौँ । फ्रान्स विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
फ्रान्सले बलियो टोली बेल्जियमलाई १-० ले पराजित गरेको हो। यससँगै बेल्जियमको विश्वकप सपना सेमिफाइनलबाटै तुहिएको छ ।
प्रतिस्पर्धात्मक खेलमा खेलको ५१ औं मिनेटमा फ्रान्सका डिफेन्डर स्यामुल उमटीटीले हेडरमार्फत हानेको एकमात्र गोल जितकालागि निर्णायक बन्नपुग्यो ।
उनले स्टार एन्टोनी ग्रीजम्यानको कर्णर किकमा गोल गरेका थिए । अब फ्रान्सले विश्वकप उपाधिका लागि इंगल्याण्ड र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बेल्जियमले भने इंगल्याण्ड र क्रोएसियाबीचको उपविजेतासँग तेस्रो स्थानका लागि भिड्नेछ ।