२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

प्रकाशमान सिंहले भन्छन् ‘सरकारको नीति तथा कार्यक्रम माध्यमिक तहका विद्यार्थीको लेख जस्तै’

1022 Shares
Spread the love

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रम माध्यामिक शिक्षामा एउटा तेजिलो विद्यार्थीले देश बनाउन के—के गर्नुपर्छ भनेर लेखेजस्तै भएको आलोचना गरेका छन् ।

उनले भने, प्रधानमन्त्री आफैं सबै विषयमा जानिफकार हुनुहुन्छ। सबै विषयमा जानकारी भएकोले नारै नारा छन्। हुन त प्रधानमन्त्रीको पावर उखान टुक्कामा छ।

उनले ४६ पेजको नीति तथा कार्यक्रममा पानैपिच्छे नारा राखिएको उल्लेख गर्दै भने, प्रभावित पारेर लेखेको देखिन्छ।

सरकारले कार्यक्रम दिए पनि कतिपय योजनाहरु असम्भवजस्तै भएको बताए। उनले योजना बनाए पनि अहिलेका दुरावस्थासुधार्न नसकिएको बेला ठूला योजना बुन्न उपयुक्त नभएको बताए। उनले भने, हाइवेमा जहाज ल्यान्ड गर्ने भनिएको छ। त्यहाँसम्म प्रधानमन्त्री ज्यूले सोच्नु भएको छ। तर अहिले भएको एकमात्रै एयरपोर्टको दुरावस्था छ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री भएपछि काठमाडौंमा मास्क लगाउनुपर्दैन भनेकोमा अहिलेसम्म धूलो नियन्त्रण गर्न नसकेको बताउँदै सिंहले भने, स्याटलाइट उडानको कुरा छ । धुँलो उडेको छ । प्रधान तथा मन्त्रीहरुले चाहिँ मास्क फुकाल्नु भएको होला तर जनताले फुकाल्न सकेक छैनन् ।

प्रतिक्रिया