२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

“जुनसुकै बेला खतराको घन्टी बज्न सक्छ”

2741 Shares
Spread the love

काठमाडौं  – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शान्तिलार्ई स्थायी बनाउन काम बाँकी रहेको बताएका छन्।

‘शान्तिलाई स्थायी बनाउन केही काम अहिले पनि बाँकी छ। प्रतिपक्ष र हामीले यसलाई अन्तिम निष्कर्षमा पुर्याउन आवश्यक छ। यसलाई ध्यान दिनुपर्छ’, अध्यक्ष दाहालले भने।

जनताले संघीयताबाट जति अपेक्षा गरेका थिए त्यो हुन नसकेको उनले बताए। ‘हामीले सबै काम गर्यौं भनेर छुट पाउने अवस्था छैन। संविधानको भावनाअनुसार ऐन बनाउने प्रक्रिया अघि बढेको छ। जनताले संघीयताबाट जति अपेक्षा गरेका थिए त्यति भएको छैन।’ संविधानको मर्म र भावनाअनुसार ऐन बनाउने प्रक्रिया अघि बढेको भए पनि समग्रतामा टुंगोमा पुर्याउन बाँकी रहेको उनले बताए।

रेलमार्गको सपना यथार्थमा परिणत हुन लागेको उनले बताए। ‘रेलमार्ग एउटा अनिवार्य आवश्यकता हो। हामीले धेरै वर्षदेखि रेलको कुरा गर्दै आएका छौं तर ठोस रुपमा त्यसलाई साँच्चै समाज र जनताको दैनिक जीवनसँग जोडेर अघि बढाउने योजनाको अभाव थियो’, उनले भने, ‘अहिले पूर्व पश्चिम रेलमार्ग वा काठमाडौंलाई दक्षिण र उत्तरतिबाट जोड्ने प्रक्रियाको काम थालनी भइसकेको छ।’ विकासको फड्को हान्न अब यस किसिमका सपना देख्न थाल्नुपर्ने उनले बताए।

सत्ता पक्षले यसअघिको नीति तथा कार्यक्रमभन्दा गुणात्मक नीति तथा कार्यक्रम ल्याएको भन्दै उनले सरकारलाई धन्यवाद दिए। गुणात्मक प्रतिवाद गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलाई धन्यवाद दिए।

‘प्रतिपक्षले गत वर्षको तुलनामा यस वर्ष अलि तयारीका साथ आफ्नो धारणा लिखित रुपमै राख्ने नयाँ धारणा आएको छ,’ उनले भने, ‘यसका लागि प्रतिपक्षीलाई पनि धन्यवाद दिन चाहान्छु।’ सत्ता पक्षले यसअघिको नीति तथा कार्यक्रमभन्दा गुणात्मक नीति तथा कार्यक्रम ल्याएको भन्दै उनले सरकारलाई धन्यवाद दिए। गुणात्मक प्रतिवाद गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेसलाई धन्यवाद दिए।

‘एक वर्षलाई आधार वर्षको रुपमा लिने घोषणा गरेको थियो त्यसमा सफलता प्राप्त भएका छन्। यसले भोलि आउने सरकारको निम्ति नेपाललाई नयाँ युगतिर लैजानेछ’, उनले भने।

रेलमार्ग यथार्थ बनेर आउन लागेको उनले बताए। ‘रेलमार्ग अनिवार्य आवश्यकता हो तर रेलमार्गलाई जनताको दैनिक जीवनसँग जोडेर हेर्ने अभाव पहिला थियो। अब त्यो काम पूरा हुँदैछ’, उनले भने।

त्यस्तै अध्यक्ष दाहालले प्राप्त राजनीतिक अधिकारलाई व्यवहारमा लैजानका लागि सबै राजनीतिक दलको एकताको जिम्मेवारी पुरा नभएको बताए । जुनसुकै बेला राजनीतिक दललाई खतराको घन्टी बज्न सक्ने बताउँदै प्रचण्डले त्यस्ता संकेत आउन नदिन जनप्रतिनिधि,सरकार र सम्पूर्ण निकामय लाग्नु पर्ने औल्याए ।

प्रतिक्रिया