२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

फिफा विश्वकप २०१८ का उत्कृष्ट ४ रेकर्ड (भिडियोसहित)

2151 Shares

रुसमा जारी फिफा विश्वकप २०१८ को सेमिफाइनल खेल सुरु हुनुअघि नै धेरै रोचक घटना घटिसकेका छन् । यो विश्वकप अघिल्ला २० संस्करण भन्दा फरक भएको छ, नयाँ नयाँ रेकर्डहरुले ।

आयोजक रसिया क्वार्टरफाइनल पुग्नुलाई पनि उल्लेख्य उपलब्धी मानिएको छ । यस्ता छन् यस २१ औँ फिफा विश्वकप २०१८ का ४ रोचक पक्ष

१. पेनाल्टीको बर्षा

जारी विश्वकप सेमिफाइनल प्रवेश हुनुअघि नै २८ पेनाल्टी प्रहार भएका छन् । गत विश्वकपमा भने जम्मा १३ पेनाल्टी प्रहार भएका थिए । सन् २००२ लाई सर्वाधिक पेनाल्टी प्रहार भएको विश्वकप मानिन्थ्यो । त्यसवेला जम्मा १८ पेनाल्टी प्रहार भएका थिए । यस अर्थ पेनाल्टी प्रहारको सवालमा यस विश्वकपले रेकर्ड राखिसकेको छ ।

जारी विश्वकप फुटबलमा प्रि-क्वार्टरफाइनलमा ३ खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको छ । २०१४ मा २ वटा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । त्यसैगरी विश्वकपमा आयोजक राष्ट्रले पेनाल्टी सुटआउटमा जित निकालेकको यो पाँचौँ पटक हो । रसियाले प्रि-क्वार्टरफाइनलमा पेनाल्टी सुट आउटमा जीत निकालेको हो । यसअघि फ्रान्सले १९९८, दक्षिण कोरियाले २००२, जर्मनीले २००६ र ब्राजिलले २०१४ मा यसैगरी सफलता हात पारेका थिए ।

२. अत्याधिक आत्मघाती गोल

यस विश्वकपमा ठूलो संख्यामा आत्मघाती गोल भएका छन् । यसअघि सर्वाधिक आत्मघाती गोल भएको विश्वकप १९९८ मा जम्मा ६ गोल भएका थिए । यस पटकक आत्मघातीमा पनि रेकर्ड कायम भएको छ । अर्थात यस विश्वकपमा ११ वटा आत्मघाती गोल भइसकेका छन् ।

३. अतिरिक्त समयमा गोल

अतिरिक्त समयमा गोल गर्ने सवालमा समेत यस विश्वकपले रेकर्ड राखिसकेको छ । यसअघि सन् १९९८ मा अतिरिक्त समयमा सर्वाधिक १० गोल भएको थियो भने यस पटक यो बढेर २३ भएको छ ।

४. इन्जुरी समय बढ्यो

इन्जुरी समयमा समेत यस विश्वकपले नयाँ रेकर्ड राखिसकेको छ । यसअघिका खेलमा समग्रमा ९० सेकेन्डको इन्जुरी समय रहने गरेको थियो भने यस पटक यो बढेर औसत ७ मिनेट भएको छ । त्यसैगरी इन्जुरी समयमा अर्को विषय थपिएको छ, हेड मार्फत भएको गोल । इंग्ल्यान्ड विरुद्ध कोलम्बियाका यरी मिनाले हेडमार्फत गोल गरेर रेकर्डमाथि इटा थपेका छन् । अर्थात विश्वकप इतिहासमा इन्जुरी समयमा मिनाको गोल ९९ औँ गोल हो ।

प्रतिक्रिया